Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचार१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

    १३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

    - Advertisement -

    काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई ललितपुरबाट पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको मस्मस् एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

    भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !