बेलायत बस्ने कवयत्रीको कृति गृह जिल्लामा समिक्षा : समिक्षक भन्छन सरल सिर्जनाले संसार पुगिन ढकाल

सर्लाही । बडादशैं ,शुभ दिपावली र छठको अवसरमा कवि दुर्गा ढकालको पहिलो कविता कृति “अक्षरको परकम्पन “माथिको समीक्षा सम्पन्न भएको छ ।

सर्लाही साहित्य समाज लालबन्दीको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रम मार्फत भाषा साहित्यमा दख्कल राख्ने घनश्याम पन्त, उत्तमराज दाहाल र सुमित्रा आचार्य र कवि सुमन घिमिरेले कृतिको व्याख्यात्मक समिक्षा गरेका हुन् ।

समाजकी अध्यक्ष मिना देवकोटाको अध्यक्षतामा सम्पन्न कृति समीक्षा तथा बडादशैं , शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा लालबन्दी लालबन्दी नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको आयोजकले जनाएको छ ।

बरिष्ठ साहित्यकार गिरिराज डल्लाकोटी , नेपाल गीतकार संघकि निवर्तमान सचिव समेत रहेकी उपन्यासकार मुक्तक मनुसी शुसिला पौडेल लगायत अतिथि रहेका थिए । समिक्षा कार्यक्रममा बेलायतमा रहेर साहित्य सिर्जना गर्नुहुने दुर्गा ढकालको पहिलो कृति ‘अक्षरको परकम्पन’ले बहु आयामिक क्षेत्रमाथि विचरण गरेको समिक्षक सुमित्रा आचार्यले बताउनु भयो । हाङ्गदेवा ,ताप्लेजुङ्गमा जन्मिएकी ढकालको स्थायी घर लालबन्दी -५, मा रहेको छ ।

सक्रिय युवा समाजसेवी एवं श्रष्टा मनोज बख्रेलको संचालनमा भएको कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले नेपाली साहित्यको बिकास र समृद्धिका लागि सहयोग गर्न नगरपालिका सँधै तयार रहेको बताउँदै विकृति विसंगतिका विरूद्धमा कलम चलाउन साहित्यकारहरूलाई आग्रह समेत गर्नुभएको थियो ।त्यस्तै सहित्यकार एवं चितवनका श्रष्टा गिरिराज धौलाकोटीले साहित्य सृजना गर्नेले यसको सिद्धान्तको पालना गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि अध्ययन गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीहरूले आ–आफ्नो रचना वाचन गरेका थिए ।लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष अच्युत अधिकारी, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक सान्ताराम कार्कि लगाएत बिभिन्न संघ संगठनका पदाधिकारी र संचारकर्मिहरुको समेत उपस्थितीमा भएको कार्यक्रममा सर्लाहीका श्रष्टा उत्तम दाहालले प्रत्युत्पादन गर्नु भएको ‘निपाती त’ बिधाको बारेमा समेत जानकारी गराईएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाकी उपाध्यक्ष राजेस्वारी काफ्लेले स्वागत मन्तब्य मार्फत स्वागत सम्मान गरेकी थिइन भने कोपिला साहित्य समाजका बिभिन्न पदका साहित्यकार र चितवन देखि बिरगंज सम्मका सर्जकहरुको प्रस्तुतिले कार्यक्रम निकैनै रोचकताका बीच सम्पन्न भएको हो ।