पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १६ परवानीपुरले जित्यो

परवानीपुर । सर्लाहीको लालबन्दी नगरपालिका १६ को वडा कार्यालयले आयोजना गरेको पाँचौ वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १६ ले जितेको छ ।

आज दिउँसो भएको खेलमा वडा नम्बर ६ लाई २ गोल गर्दै १६ ले उपाधि जितेको हो । वडा नम्बर ६ ले उप–विजेतामा चित्त बुझाएको छ । सेमिफाइनलको खेलमा वडा नम्बर ३ लाई हराउँदै १६ नम्बर वडा फाईनलमा पुगेको थियो भने वडा नम्बर ४ लाई हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको थियो ।

लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले बिभिन्न वडा प्रतिनिधि, खेलप्रेमी, खेलकुदसँग सम्बन्धित ब्यक्तित्वहरु र स्थानीयको बाक्लो उपस्तिथिका बिच यहि असोज ५ गते उद्घाटन गर्नुभएको प्रतियोगिताका बिजेता वडा नम्बर १६ ले ७० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेताले ३५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडाकपको पाँचौ संस्करण संचालनका लागि वडा र नगरस्तरका ब्यक्ति तथा संस्थाले विभिन्न खाले सहयोग गरेका थिए ।