आज मिति २०७९ असोज २१ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापारबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह 

आजको दिन परिवार र आफन्तजनले सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहेको छ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आजको दिन शुभ रहेको छ । आफ्नो कार्य कुशलता देखाउन सक्नुहुनेछ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले फाइदा हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ । बालिकालाई भोजन गराउनुहोला ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन शुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशि भएका व्यक्तिका लागि आजको दिन ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको दिन मान सम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन व्रत गर्दा तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला । शिवालय यात्रा गर्दा उत्तम हुनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । आजको दिन आत्मसमीक्षा गर्नु उत्तम हुनेछ ।