निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा, जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।  

गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो ।

उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएकाे बताउनुभएकाे छ । नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने उल्लेख गर्दै उहाँले नयाँ नेतृत्व चयनको प्रक्रिया आउँदाे हप्ताबाटै सुरु हुने बताउनुभयाे ।

यसअघि अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिएपछि ट्रस नैतिक सङ्कटमा पर्नुभएको थियो ।