आज मिति २०७९ कात्तिक ६ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार ब्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट आज तपाईलाई फाइदा हुनसक्छ । शुभसमयमा यात्रा शुरु गर्नुहोला ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईलाई राम्रो हुनेछ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह 

परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । आर्थिक हानी हुने काम नगर्नुहोला ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम शुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईलाई मानसम्मान मिल्नेछ । घर गृहस्थको काममा ध्यान दिनुहोला।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ । कुमारी कन्याको दर्शन गर्नुहोला ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन हुने तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला । आजको दिन घरभित्र बसेर गृहस्थ कार्य गर्नु वेश हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि

यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गरी आज तपाईले गर्नु खोज्नुभएको काम सफलता मिल्नेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई भोजन गराउनु होला । आफन्तको साथ सहयोग पाउनुहुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्य दर्शन गर्नुहोला।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला । गृहस्थ कर्ममा ध्यान दिनु र गुरुजनको साथमा अध्ययन अध्यापनको चर्चा गर्नुहोला।