Saturday, April 18News That Matters

लघु कथा : हामी मृत्युसँग होइन, डरसँग डराउँछौं – सन्तोष कार्की माैसुफ

एकपटक घर छेउको एउटा ठुलो रुखमा दुई वटा चील आएर बस्यो। एउटाले आफ्नो मुखमा सर्प पक्डिएको थियो भने दोस्रो चिलले एउटा मुसा समातेको थियो।

दुई चील जब रुखको एउटै हाँगोमा आएर बसे तब सर्पले मुसोलाई देख्यो उसले बिर्सियो कि उ एउटा चिलको मुखमा छ र आफ्नो मृत्युको धेरै नजिक छ्। मुसोलाई देखेपछि सर्पको मुखमा पानी आयो। उसलाई उसको प्रबल तृष्णा ले गाज्यो।

अर्कोतिर मुसाले सर्पलाइ देख्यो र उ डरले काप्न थाल्यो। मुसा त्यसैपनी मृत्युको मुखमा छ, तर पनि सर्पलाई देख्ने बित्तिकै डराउन थाल्यो।

यो दृश्यलाई देखेर दुई चिलहरु अचम्ममा परे।

त्यसपछि एउटा चिलले अर्को चिललाई भन्यो: भाइ, यसको अर्थ बुझ्यौ?

अर्को चिलले भन्यो: यसको अर्थ राम्रोसँग बुझे, जिब्रोको चाहना, स्वादको तृष्णा यति तीब्र हुन्छ कि आफू अगाडि मृत्यु उभिएको छ भने पनि देख्दैनौं। र मृत्यु भन्दा डर ठुलो हुन्छ भन्ने पनि बुझे। मृत्यु मुसाको नजीक छ मुसा डराएको छैन, तर सर्पले उसलाई आक्रमण गर्छ कि भन्ने डरले डराइरहेको छ।

ठिक त्यसरी नै मृत्यु देखि हामी मानिसहरु पनि डराउदैनौ, हामी डर सँग बढी डराउँछौं। साथै यो हाम्रो भयानक डर लाग्दो स्वादको लोभले आफ्नो इन्द्रीयको असीमित पाउने चाहनामा यति प्रगाढ हुन्छौं कि मृत्यु हाम्रो वरिपरि चौबीस घण्टा उभिएको छ तर पनि हामी उसलाई देख्न सक्दैनौं किनकि सायद हामी अंधा बनेका छौँ ।।

सन्तोष कार्की माैसुफ