
काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १५२ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
