नेकपा(बहुमत)द्वारा सर्लाहीका विभिन्न ठाउँमा भित्तेलेखन सम्पन्न

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सर्लाहीले जिल्लाको विभिन्न ठाउँ तथा सार्बजनिक स्थानहरुमा भित्तेलेखन गरेको छ।

जनतालाई जागरुक बनाउने र आफ्नो कार्यक्रमको प्रचार गर्ने उदेश्यले पर्चा, पम्पलेटिङ अनि प्रचार प्रसारको कामलाई व्यापक बनाईएको नेकपा(बहुमत)ले जनाएको छ ।

नेकपा(बहुमत)का सर्लाही संयोजक बिहानीका अनुसार दलाल पुँजीवादी संसदीय व्यबस्थाको कथित चुनाब अवज्ञा गरौं, एकीकृत जनयुद्ध जिन्दावाद, सुकुम्बासीलाई तत्काल लालपुर्जा बितरण गर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिन्दावाद लगायतको नाराहरु व्यापक रुपमा लेखिएको छ ।

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई बहिस्कार तथा अवज्ञा गर्न नेकपा(बहुमत)ले प्रचार प्रसारको कामलाई तिव्र बनाएको हो । यस अघि गत असोज ३० गते सर्लाहीको हरिवन चोकमा संयुक्त निर्वाचन अवज्ञा जनसभा पनि सम्पन्न गएको थियो ।