Sunday, April 19News That Matters

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउँने

मलंगवा l राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउने भएका छ ।
मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने सर्लाहीको सदरमुकाम मलंगवा आउन लागेका पार्टीले जानकारी दिएको छ।

यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको तिनबिघे मैदानमा जिल्ला कमिटिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने आउन लागेको हो।

कात्तिक २३ गते बुधबार बिहान ७ बजेको लागि तय गरेको लामिछानेको सम्बोधन कार्यक्रममा जिल्लाभरीबाट करिब १० हजार समर्थकहरुको उपस्थित रहने पार्टीले दाबी गरेको छ।