
मनोज यादव/सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको उम्मेदवारीले यस क्षेत्रको राजनितीमा छुट्टै तरङ सिर्जना गरेको छ।
सत्ता गठबन्धनको उम्मेदवारका रूपमा महिन्द्र राय यादव भएपनि महतोको लोकप्रियता भने प्रशंसा योग्य रहेको क्षेत्रबासीहरुले बताउदै आएका छन। यसै कारण पनि यादव र महतो एउटै सातरुढगठबन्धनकमा भएपनि मितत्रबद प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्यद्वय महतो र यादवबीचको चुनावी भिडन्तलाई मधेशको राजनीतिमा देखिएको फुटपछिको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।
लोसपाका वरिष्ठ नेता महतोले २०७४ को प्रतिनिधि सभाको चुनावममा धनुषा क्षेत्र नं -३ बाट पुर्व गृह मन्त्री समेत रहेका बिम्लेन्द्र निधिलाई २ हजार ९०३ मतले पराजित गरेका थिए। महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए । तर यसपाली भने जनताको समर्थन पाएका हुनाले उनी आफ्नै गृह जिल्ला लोसपाका एक नेताले जानकारी दिए।
महतो धनुषा क्षेत्रबाट जितेर जदा सो क्षेत्रको पुर्वधारमा कयापलट गरको कुरा सोहि क्षेत्रका महतो नजिक नेताहरु बताउछन्। उनी यस क्षेत्रमा हस्पिटल, रोड, पूल, सामुदायिक भवन, कलेज आदिको निर्माणमा ठूलो भूमिका खेलेको स्थानीय जनताले बताउँछन् । यस अघि संघिय समाजबादी फोरमकी जुली महतोले आफुलाई सघाएकोले यसपाली उनको लागि यो क्षेत्र छाडेका महतो निकटतम व्यक्तिले बताए
महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्। महतोप्रति जनताको आकर्षण बढेकोले सहजै जित्न सकिने कार्यकर्ताहरुले बताउछन् । उनी यस क्षेत्रबाट निर्वाचित भएर गइसकेपछि यस क्षेत्रमा एम.बि.बि.एस कलेजको निर्माण गर्ने प्रतिबद्धता गरे।जसपाबाट विभाजित भएपछि महतो लोसपातिर लागेको र यादव नेसपातिर लागेका कारण कार्यकर्ता रिझाउन उनले यस क्षेत्र रोजेको अनुमान गरिएको छ।
मधेशको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका लोसपाका वरिष्ठ नेता महतोले यसै क्षेत्रबाट चुनाव लड्ने तयारी गरेसँगै भने दुई पक्षीय भिडन्त रोचक बन्ने देखिएको छ।