आज मिति २०७९ कार्तिक २५ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा तपाईलाई सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यदी ब्यापार ब्यबसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । आज तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह 

त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आजको दिन तपाईको शुभ छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला ।

सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज तपाईलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । तपाईले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने तपाईलाई सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले तपाईलाई निकै खुसी तुल्याउने छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । तपाईले सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु राम्रो हुनेछ । कसैसँग विवाद हुने कुनै काम नगर्नुहोला ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी ब्यक्तिलाई खान दिने र बालबालिकाहरुलाई अध्ययन सामग्री दिनुभयो भने तपाईमा हर्ष छाउनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिका जातकले आज विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नु राम्रो हुनेछ ।