
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मानसम्मान पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । काममा सफलता प्राप्त हुनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यगति र धन बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ, साथै आशा उत्साह थपिनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
आरोग्यता बढ्नेछ भने कार्यक्षमता वृद्धि हुनेछ । आज आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा चाहिँ मन खिन्न रहनेछ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रेममा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिन व्यस्तता र खर्च बढ्ने योग छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आयबल र सामर्थ्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ भने रसरागप्रति आकर्षण बढ्ने यो छ ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज कर्मबल र आम्दानी बढ्नेछ । कामको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख बढ्नेछ ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान सम्मान बढे पनि आज नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारव्यवसायमा विशेष लाभ लिने समय छ । मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि
दौडधुप बढ्नेछ, बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । जोखिम बढे पनि कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ तापनि केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आरोग्यता बढ्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । तर, गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ । आशा उत्साह बढ्ला । आफन्तको साथ मिल्नेछ ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता पनि वृद्धि होला । तथापि, अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउने सक्छन् । चोरी वा ठगीमा परिने सम्भावना समेत देखिन्छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शुभ काममा भाग लिनुहुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ ।