काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ` १२ औं रक्तदान कार्यक्रम २०७९ ´ मंसिर १० गते हुँदै

निराज रानाभाट , काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ` १२ औं रक्तदान कार्यक्रम – २०७९ ´ मंसिर १० गते , शनिबार हुँदै छ ।

सृजना युवा क्लबद्वारा स्वस्थ व्यक्ति सबैले गरौँ रक्तदान , मरणाशन्न व्यक्तिलाई हुन्छ जीवनदान ´ नारा सहितको १२ औं रक्तदान कार्यक्रम – २०७९ ´ भब्य रूपमा आयोजना हुने भएको छ ।

उक्त कार्यक्रम यहीँ मंसिर १० गते , शनिबार , बिहान १०:०० बजेदेखि राजधानी काठमाडौंको नागार्जुन नगरपालिका – ०५ , सीतापाईलास्थित सीतापाईला मन्दिर परिसरमा हुँदै छ ।