सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन


लालबन्दी । प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा आश्रीतहरुलाई शुक्रवार मिष्ठान्न भोजन ग्रहण गराउनुभएको हो ।

बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएकी नेकपा (एकिकृत समाजवादी) नेत्री एवं प्रदेशसभा (ख) कि लोकप्रिय सांसद लुंगेलीले आफ्ना समर्थक, सहयोगी र नेताहरुको साथमा आश्रममा पुगेर बृद्धबृद्धालाई भोजन गराउनुभएको आश्रमकी संचालक भवानी कोईरालाले जानकारी दिनुभयो ।

सांसद लुंगेलीले आश्रमलाई आगामि दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ । लुंगेलीलाई आश्रमका संरक्षक वासुदेब कोईरालासहित आश्रममा आश्रीत बृद्ध बृद्धाहरुले बधाई सँगै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।