वडाध्यक्ष ढुङ्‌गेलद्वारा विन्दवासिनी मन्दिरको उद्‌घाटन

लालबन्दी । लालबन्दी नगरपालिका वडा नं. ५, मेजरगञ्ज, सर्लाहीमा नवनिर्मित विन्दवासिनी मन्दिरको उद्‌घाटन गरिएको छ।

लालबन्दी नगरपालिका वडा नं.५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्‌गेलको प्रमुख आतिथ्यमा सम्पन्‍न उक्त कार्यक्रममा सोही वडाका निवर्तमान वडाध्यक्ष मोहनहरि भण्डारी विशेष आतिथि हुनुहुन्थ्यो ।

शम्भुप्रसाद घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा लालबन्दी नगरपालिका वडा नं. ५ का वर्तमान र निवर्तमान दुवै वडाध्यक्षद्वारा मन्दिरको संयुक्त रूपमा उद्‌घाटन गरिएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै धार्मिक मठ, मन्दिर, पाटी, पौवा संरक्षणका लागि वडाले विशेष कार्यक्रमहरू ल्याउने वडाध्यक्ष ढुङ्‌गेलले बताउनुभयो।

मन्दिर निर्माणका लागि आफू वडाध्यक्ष हुँदा सक्दो सहयोग गरेको र उक्त मन्दिर संरक्षणको लागि वडाले विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा निवर्तमान वडाध्यक्ष मोहनहरि भण्डारीले राख्नुभयो। कार्यक्रमको सहजीकरण सुमन घिमिरेले गर्नुभएको थियो।