यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ६६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ०२ पैसा र बिक्री दर १३८ रूपैयाँ ६५ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८७ पैसा र बिक्री दर १६० रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।