ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

ईश्वरपुर | कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ ।

शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न परिवारलाई न्यानो कपडासहित अन्य सामाग्री बितरण गरेको बागमति सेवा समाजले जनाएको छ ।

चिसोका कारण केहिको मृत्यु समेत भईसकेको हरिपुर नगरपालिकाका बिभिन्न वडामा पनि बागमति सेवा समाजले न्यानो कपडा बितरण गर्दै छ । बिपन्नलाई प्रति परिवार करिव साँढे आठ हजार बराबरको न्यानो कपडा वितरण भईरहेको वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिए । उनिहरुलाई कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिँदै छ ।

कार्यक्रममा ईश्वरपुर नगरप्रमुख आचार्यले वागमती सेवा समाज नेपाल र इस्लामिक रिलिफ नेपालसँग पहल गरि संयुक्त रुपमा कपडा बैंक स्थापना गरिनेसमेत बताउनुभएको थियो ।