राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट , काठमाडौं । चर्चित गायक बादल थापा र चर्चित गायिका अनु चौधरीको स्वर रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। उक्त गीतमा लेखराज गिरीको शब्द तथा संगीत रहेको छ।

भिडियोमा सागर खनाल र सरस्वती खत्रीकाे अभिनय रहेको छ। राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ। उक्त भिडियोमा निर्मला खत्री र दीप सि.के. सहायक निर्देशनकाे रूपमा रहेका छन् ।

यस म्युजिक भिडियोकाे छायांकन / फोटो निर्देशकमा मन कृष्ण महर्जन रहेका छन, भने बन्दी प्रसादको सम्पादन रहेको छ, भने राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ। यस्तै, गीतकाे । मारुनी डिजिटल रेकर्डिङग् स्टुडियो प्रा.लि. मा रेकर्ड भएको गीतमा सुमन राना र खुमन राना रेकडिष्ट रहेका छन् , भने मिक्स / मास्टरिङ्मामा कुमार राना रहेका छन ।

त्यसैगरी, उक्त गीतमा सन्दीप कार्कीले एरेञ्ज गरेका छन । मेकपमा राेनिशा अधिकारी रहेकी छिन् , भने पोष्ट उत्पादन मुभि पोइन्टले गरेको । उक्त गीतको भिडियो लेखराज गिरी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।