मोरङमा एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका परीक्षार्थी पक्राउ

विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को  एउटा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।