सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रण

सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यससँगै सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनायता नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ