नयाँ साल नयाँ मिसाल बनोस् मेरो कामना
नयाँ जोश अझ विशाल बनोस् मेरो कामना
घुम्दैछन् उही बार गते बेला र समय रेखाहरू
उब्जियोस् सद्भावको खाल बनोस् मेरो कामना
उमङ्गका तरङ्गले रंङ्गिउन् आशा फुल्ने फाँटहरू
हलपल खुसिको ताल बनोस् मेरो कामना
मृत्यु त जन्मँदै तय भएको हो कर्मले फेरीपनि
मृत्यु जित्ने भावनाको ढाल बनोस् मेरो कामना
आफ्नै कर्मले बनाउँछ खुसि र निरास मान्छेलाई
आफू हाँस्दै हँसाउने हाल बनोस् मेरो कामना !
परशुराम घिमिरे निदान
वागमती प्रदेश , मकवानपुर ।