
सहिदहरु सालिक बनेर उभिएको देख्छु
जनयुद्धमा मात्रै सालिक को धुलो टक्ट्काएको देख्छु
जान्नु छ मलाइ कसले बनायो ती
सहिदका मुस्कान सहितका सालिकहरु
जसले जीवनमा कहिल्यै खुशीको अनुभुती गर्न पाएनन्
बाचुन्जेल नेल भिराएर
आज कसले भिराइरहेछ पाखण्डि हातबाट
एक चिम्टी अबिर र एक थुङ्गा फूलको माला
ती नेल भन्दा कयौं गुणा
गर्हौ छन् आजका फूलका मालाहरु ।
भैगो नछोउ ती घिन लाग्दा हातहरुबाट
ती महान सहिदका तस्बिरहरु
कहाँ तिमी जिवित लासहरु
कहाँ ती वीर सहिदहरु
जो अमर मृत्यु मरेर पनि
हामी बिच जिवित छन् ।
सहिदको रगतमा रङोली खेलेर
आफ्नो जीवन रङ्गाएकाहरु ।
जनतालाई भर्याङ बनाएर उचाइमा पुगेर
जनतालाई नै लत्याएकाहरु ।
कहिले स्वार्थका भुमरीमा नाचेका छन्
कहिले जनता माथी पिडाका पिरामिडहरु थुप्र्याउदै
उहिलेका क्रान्तिका नायक भनाउँदाहरु
अहिले यस्तो अवस्थामा छन्
मानौँ, जनयुद्ध एकादेशको कथा थियो ।
मानौं , क्रान्तिसङ्ग उनिहरुको कुनै सम्बन्ध थिएन ।
तर, तर सहिद तथा बेपत्ता कमरेडहरुको
परिवारलाई हेर्छु
देख्छु उही आक्रोस, उहि क्रान्तिप्रतीको त्याग
उही परिवर्तनको आन्दोलनको हुटहुटी ।
सपना बाँच्दा बाँच्दै हामी कहाँ मर्न सक्छौ र ?
हामी बाच्दा बाच्दै सपना कहाँ मर्छ र ?
खोइ, खोइ हाम्रो क्रान्ती रुकेको कहाँ छ ?
हामी झुकेका कहाँ छौ ?
अनेकौं, बाधाअड्चनका बाबजुद पनि हामी
फेरि क्रान्तिको झण्डा बोकेर हिडेका छौँ ।
सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ ।
हामी मुक्ती रोज्छौ या मृत्यु ।
- साया किरण