हरिवनमा सम्पन्न निशुल्क स्वास्थ्य सेवामा १८० भन्दा बढिले सेवा लिए

हरिवन : प्रेमनाथ पौडेल । सर्लाहीको हरिवन ४ सासापुर स्वास्थ्यचौकि मा आईतबार सम्पन्न निशुल्क स्वास्थ्य सेवा शिविर मा १८०भन्दा बढि ले स्वास्थ्यपरिक्षण गराएका छन ।
हरिवन नगरपालिका स्वास्थ्ययथा सामाजिक बिकाश शाखा ले केहि महिना देखि प्रत्येक महिना को पहिलो शनिवार बिशेषज्ञ डाक्टर बाट नागतिक को लागि निशुल्क स्वास्थ्य सेवा शिबिर संचालन गर्दै आएको छ ।
नियमित मासिक निशुल्क स्वास्थ्य सेवा अन्तर्गत बैशाख महिना को पहिलो आईतबार सम्पन्न स्वास्थ्य सेवा सिबिर मा १सय ८८जना ले स्वास्थ्य परिक्षण को लाभ लिनु भएको सासापुर स्वास्थ्य चौकि का इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।
निशुल्क स्वास्थ्य सेवा  शिबिर मा काठमान्डौ दिर्घायु गुरु हस्पिटल का फिजिसियन बाथ रोग विशेषज्ञ डाक्टर नरेन्द्र प्रसाद मैनालि का साथै सासापुर स्वास्थ्य चौकि मा कार्यरत मेडिकल अधिकृत कृष्णा प्रधानका बाट स्वास्थ्य  केकजाच परिक्षण गरिएको हरिवन नगरपालिका का स्वास्थ्य तथा सामाजिक बिकाश शाखा प्रमुख रामबाबु चौधरी ले बताउनु भयो ।
शिविर मा स्वास्थ्यपरिक्षण गराउने  सेवाग्राहि लाई गुरु हस्पिटल का डाक्टर मैनालि ले आफ्नो ब्यक्तिगत रुपमा निशुल्क औषधि समेत प्रदान गर्नु भएको स्वास्थ्य चौकि सासापुर ले जनाएको छ ।
शिविर प्रत्येक महिना को पहिलो आईत्बार आईतबार हुने गरेको भए आगामि जेष्ठ महिना मा हुने शिबिर भने बैशाख २३ गते शनिवार नै हुने भएको हुदा सोहि अनुसार सेवाग्राहि ले सेवा लिनु हुन हरिवन नगर स्वास्थ्य शाखा ले सबै लाई आग्रह गरेको छ ।
सासापुर स्वास्थ्यचौकि लाई स्तोरनोति गरि नगर अस्पताल बनाउने नगर को योजन भए संगै सासापुर स्वास्थ्यचौकि बाट २४सै घन्टा इमर्जेन्सि सेवा सुरक्षित मातृत्व सेवा ओपिटि सेवा अल्ट्रा साउण्ड भिदियो तथा डिजिटल एक्सरे सेवा ,एम्बुलेन्स सेवा ,किसोर किशोरि स्वास्थ्य सेवा ल्याब सेवा २४ सै घण्टा प्रसुति सेवा लगायत को सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकि सासापुर ले जनाएको छ ।