आज मिति २०८० वैशाख ८ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
facebook sharing button
sharethis sharing button

मेष
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने छ। मिहिनेतले काममा सफलता दिलाउने छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिने छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

बृष
आकस्मिक खर्च बढ्ने छ भने आम्दानी कम हुने छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

मिथुन
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने छ। आम्दानी बढ्नाले उत्साह जाग्ने छ। श्रमको उचित मूल्य पाइने छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुने छ। रोकिएको काम बन्ने छ भने जिम्मेवारी समेत बढ्ने छ।

कर्कट
नयाँ कामले नाम र दाम दिलाउने छ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुने छ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउने छ। प्रतीक्षित नतिजाले उत्साह जगाउने छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुने छ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्ने छ। व्यवसायमा सोचेको प्रगति हुने छ। कर्मयोगले मान – सम्मान समेत दिलाउने छ।

सिंह
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइने छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। तापनि टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

कन्या
स्वास्थ्य कमजोर रहने छ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्ने छ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ।

तुला
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहने छ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिने छ, नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिने छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिने छ। भौतिक सुविधा जुटाउन सकिने छ।

बृश्चिक
साहसी काम गरेर अरूको मन जित्न सकिने छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुने छ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुने छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। व्यापारमा पनि प्रशस्त फाइदा हुने छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

धनु
कामको मेसो नमिल्दा पछि परिने छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्ने छ।

मकर
छातीको समस्याले स्वास्थ्य कमजोर रहने छ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइने छ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन् । परिश्रम परे पनि समय निकै फलदायी रहने छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने छ। मिहिनेतले दिगो फाइदा दिलाउने छ भने गरिएका कर्मको उचित प्रतिफल पाइने छ।

मीन
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहने छ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिने छ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ।