हरिवन । सर्लाहीको हरिवन नगरपालिका-७, घुर्कौली पर्ताटोल स्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई मंगलवार स्कुल ब्याग वितरण गरिएको छ ।
स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई ब्याग वितरण गरिएको हाे । त्यहाँ १६० जना विद्यार्थी अध्ययनरत छन् ।
प्रतिष्ठानका प्रमुख श्याम श्रेष्ठ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), वडाध्यक्ष निरध्वज कार्की, वडाध्यक्षका प्रत्यासी अशोक थापा, विद्यालयकी प्रधानाध्यापक गोमा थापालगायत भएर विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन ।
समाजसेवी श्याम श्रेष्ठले छाेरी स्वोर्णिका श्रेष्ठकाे स्मृतिमा प्रतिष्ठान स्थापना गरेका हुन । उनले प्रतिष्ठा मार्फत हरेक वर्ष विद्यालयका बालबालिकालाई स्कुल ब्याग वितरण गर्दै आइरहेको छ ।