दिपक पनेरुका ३ मुक्तक

मुक्तक
(१) खुशी छैन मन तिमी बिना ओंठको मुस्कान अधुरो लाग्छ।
      साथ तिमी नहुँदा मेरो किन यो सान मान अधुरो लाग्छ।
  न तिमी भन्छौ आफ्नो कथा न मैं सुनाउन सक्छु आफ्नो ब्यथा
    तिम्रो अनुपस्थितिमा पिएको मदिरापान अधुरो लाग्छ।

(२) हिजो आज कालले पनि मलाई निकै छलेको छ ।
    हिजो भन्दा आज झन किन मेरो ज्यान गलेको छ ।
    बाहिर हेर्दा कतै देखिदैंन खै कता उड्छ धुँवा
    भित्रभित्रै मुटु मेरो खरानी भई जलेको छ।

(३) नबोली खै किन हो कुन्नी हात मात्रै मिलाएर गइन्
  बुझिनन् मेरो पीडा आफ्नै कहानी सुनाएर गइन्
शुभचिन्तक मित्रहरु बारम्बार सोध्छन मलाई
तिनी को हुन् जसले तिम्रो जीवन भत्काएर गइन्।

दिपक पनेरु
सागरनाथ, सर्लाही