प्रिय छोरी ! क्रान्ति भनेको
लयमा हेर्नु, गाउनु र अघि बढ्नु हो
प्रेमले हात मिलाउनु र मुस्कुराउनु हो ।
जीवन र बलिदान सँगै रोज्नु हो !
प्रिय छोरी
क्रान्ति नव चेतना हो
नव संष्लेषण, नव सृजना हो !
नव खोज, अनुसन्धान,
आविष्कार हो ।
यो धरालाइ कसैले नव जीवन दिन्छ भने,
त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो !
वस्तु, ब्रह्माण्ड र चेतना जस्तै
फैलिरहेको त्यो के हो !?
– त्यो क्रान्ति हो ।
तिम्रो पढ्ने समय छ
-पढ्नु, पढ्नु र पढ्नु !
अंक, अक्षर, समय पढ्नु ।
गति, मार्ग र दृष्टि पढ्नु !
एउटा मान्छे र एउटा विश्व पढ्नु !
नयाँ विश्वको आविष्कार गर्नु ।
– सुनिता बुढाथोकी