Sunday, May 10News That Matters

गजल : प्रकाश पाठक

हेर्नेले मनलाई मनको आँखाले राम्रो देख्छन्
जस्तो कि छोराछोरी आमाबाले राम्रो देख्छन्

रजस्वला हुँदा घरमै बस्दा कुन कुल रिसाउने हुन्
छोरीलाई गोठमा सुताको कुन देवताले राम्रो देख्छन्

बिहे गरेपछि बुढीको सामु केही गरि गतिलो भैइन्न
प्रेमको शुरूवातमा हरेक प्रेमिकाले राम्रो देख्छन्

भगवानले बनाएको संसार यस्तो थिएन होला !
अचेल सबथोक मान्छे पैसाले राम्रो देख्छन्

तिमी हाँस या रिसाउ कसैले मन पराएकै हुन्छ
किनकि रिसाउने मान्छेलाई रिसाहाले राम्रो देख्छन्

-प्रकाश पाठक
कपिलवस्तु