Saturday, April 18News That Matters

हरिवनमा अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न

हरिवन । अखिल (क्रान्तिकारी) मधेश प्रदेश ले हिजो सर्लाहीको हरिवनमा बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेश संयोजक शिवराज धमलाको सभातित्वमा, नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य तथा जनसांस्कृतिक मंच मधेश प्रदेशका अध्यक्ष भक्ति रिजाल, अखिल (क्रान्तिकारी) का विभागिय प्रमुखहरु बालकुमार केसी, समिर बुढाथोकी (मुक्ति ). दिनेश यादव, राजेश पटेल, चेत प्रसाद बोलाखे, जुबैर आलम , संजिव फ्युयाल, रबिन बस्नेत, विशेष प्रदेश संयोजक संजिव कार्की, विभागिय सचिव विवेक मैनाली, एहशान अन्सारी लगाएतका केन्द्रीय नेताहरुको उपस्थितिमा भवयताकासाथ सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक पबन कार्कीले यस बृहत भेलाले संगठनको आधिकारिक्ता को बिषयमा कर्याकर्ताहरुले नै प्रष्ट परिसकेको छ । जुन कमिटी विद्यार्थी सङ जोडिएको छ त्यही नै आधिकारिक हुने बताए । बिद्यार्थी संगठन भनेको बिद्यार्थीको हकहितको निम्ति काम गर्ने संस्था हो नकि कसैको भजन मंडली गर्ने हो ।

यस मधेश प्रदेशको बृहत भेला कार्यक्रम, अखिल (क्रान्तिकारी) को संगठन सुध्रिदिकरण अभियान अन्तर्गत सञ्चालन भएको हो भने मधेश प्रदेशको सबै जिल्लाहरूको भेला हुने, हरेक पालिका र इकाईहरुमा वास्तविक विद्यार्थी अखिल (क्रान्तिकारी) अभियान चलाएर संगठन सुदृढीकरण गर्दै संगठन निर्माण कार्यलाई तीब्रता दिइनेछ प्रवक्ता यादवले जानकारी दिए ।