Saturday, April 18News That Matters

हरिवनमा दुई ट्रकबाट साढे १७ लाखको चिनी बरामद

सर्लाहीको हरिवनबाट प्रहरीले साढे १७ लाख मूल्य बराबरको चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ।

हरिवन नगरपालिका १० नयाँरोडबाट ५० किलो दरका ९ सय ८० बोरा चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीले बरहथवाबाट  नयाँरोडतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ र ना. ७ ख ६१४५ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।

प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रकबाट ५० किलो दरका ५ सय बोरा र ना. ७ ख ६१४५ नम्बरको ट्रकबाट ४ सय ८० बोरा चिनी बरामद गरिएको हो।

चामलको बिल बनाएर चिनी ढुवानी गरेको पाइएपछि ट्रक र चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

बरामद चिनी र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ।