Sunday, April 19News That Matters

केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले केही राजनीतिक दलले न्यायालिकालाई नै ध्वंश गर्न खोजेको दाबी गरेका छन् ।

संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै जबराले नेपाली शब्दकोषमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए ।

विधि र प्रक्रियअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु भनेको सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको भन्दै जबराले भने, ‘सबै न्यायाधीश विचौलिया हुन्, यिनीहरुले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जतिबुँदामा आरोप लगाइएको छ, यसले त संविधानमा हामीले परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायापालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायापालिकालाई ध्वंश गर्ने कामबाट यस्ता आरोप अघि बढेका छन् ।’

‘यो न्यायमा संलग्न व्यक्तिहरुको मात्र होइन, राजनीतिक दलहरुको पनि ध्येय हो । को राजनीतिक दल हो म भन्दिनँ, तर न्यायपालिकालाई ध्वंश गर्न सकियो भने आफ्नो स्वार्थपूर्ति हुन्छ भन्ने मनोभावना राखेर भइरहेको छ,’ उनले भनेका छन् ।