Sunday, April 19News That Matters

नागरिकता विधेयककाे बिषयमा राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेकलाग्दो बिषय : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रर्दशन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिविरुद्ध काठमाडौंमा नेपाली कांग्रेस निकट विद्यार्थी संघले प्रर्दशन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरु राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् ।

थापाले भनेका छन ‘प्रत्येक नेपालीले सरल ढंगबाट नागरिकता पाउनुपर्छ।जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन ’ थापाले नागरिकता विधेयकले नेपालको हित नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।