Sunday, April 19News That Matters

अनेरास्ववियु मकवानपुरले दियो आफ्ना कार्यकर्तालाई प्रशिक्षण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियु , मकवानपुरले बिषयगत प्रशिक्षण आयोजना गरेको छ । अखिलले आफ्ना कार्यकर्ता स्पातिला बनाउने उद्देश्य राखी प्रशिक्षण दिएको हो । अहिले अखिलले “एक कमिटी पाँच काम” अभियान संचालन गरिरहेको छ र अखिल आफ्ना कार्यकर्तालाई पुर्ण क्षमतावान, बैचारिक, सांगठनिक कार्यभारबारे जानकार बनाउन चाहिरहेको छ । यसै सन्दर्भमा मंसिरको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन केन्दृत गतिविधिबारे पनि अखिलले योजना बनाएको छ । योजना बमोजिम अखिलले नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले बताउनु भयो ।

अनेरास्ववियुले आयोजना गरेको प्रशिक्षणमा नेकपा एमाले पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले वर्तमान राजनितिक अवस्था र नेकपा एमाले बिषयमा प्रशिक्षण प्रदान गर्नु भयो । एमालेकै बागमती प्रदेस कमिटी उप सचिव महेस बर्तौलाले नयाँ पुस्ता, राजनिती र निर्वाचन बारे प्रशिक्षण प्रदान गर्नु भयो भने नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले नेकपा एमाले पार्टी र अनेरास्ववियु बारे प्रशिक्षण प्रदान गर्नुभयो । त्यसै गरि अखिल थाइ कमिटी सदस्य तथा बागमती प्रदेस सह-इन्चार्ज सन्तोष पौडेलले नेपाली बिद्यार्थी आन्दोलन र अनेरास्ववियु बारे र अखिल केन्द्रिय सदस्य आशिष अस्लामीले संगठनात्मक पद्दती, अखिल संरचना तथा “एक कमिटी पाँछ काम” अभियान बारे प्रशिक्षण प्रदान गर्नु भयो

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले पार्टी मकवानपुर सदस्य तथा मोर्चा संयन्त्र उपप्रमुख आरती पाठक र अखिल केन्द्रिय सचिवालय सदस्य किशन घिसिङ्गले शुभकामना मन्तव्य तथा कार्यक्रमको स्वागत मन्तव्य अखिल मकवानपुर उपाध्यक्ष अमृत बर्तौलाले राख्नुभयो । प्रशिक्षण कार्यक्रममा जम्मा ७० जना बिद्यार्थी नेता कार्यकर्ता उपस्थिती रहेको थियो । उक्त प्रशिक्षणमा जिल्ला कमिटी पदाधिकारी र सदस्य सबै, पालिका कमिटी पदाधिकारी र स्ववियु निर्वाचन हुने क्यापस कमिटी पदाधिकारीलाई सहभागिता गराइएको थियो ।