Sunday, April 19News That Matters

जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम सम्पन्न

थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरि मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आईतबार जीतवहान भगवानको ब्रत तथा जितिया कथा बाचन र सोमबार साँस्कृतिक सहित विशेष कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारीणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताए । कार्यक्रम थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा थारु महिला सभा मकवानपुरकी सभापती द्रौपती चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु भेषभुषा लगाएर भेला भएका थारु युवक-युवतीहरुले थारु, नेपाली, हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा थारु कल्याणकारीणी सभा मकवानपुरका सभापती हरिलाल चौधरी, उपसभापती अमिता चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेश चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।