Sunday, April 19News That Matters

आर.आर.पि.के को १७ औं वार्षिक साधारणसभा सम्पन्न

मलंगवा l राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष गायत्री देवीको अध्यक्षतामा आयोजना भई सम्पन्न भएको उक्त सभाको सोमबार प्रमुख जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले उद्घाटन गर्नुभएको थियो।

मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि जिसस सर्लाहीका उपसभापति जितेन्द्र प्रसाद कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न निकाय तथा संघसंस्थामा आबद्ध अतिथिहरुले शुभकामना मन्तव्य मार्फत आर.आर.पि.के ले गरेको कामको प्रसंसा गर्नुका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका भने संस्थाका कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगतिबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा सहभागी भएका अतिथिहरु बिच संस्थाले गर्दै आएको कामको बारेमा सामुहिक छलफल गरि सल्लाह सुझाव समेत संकलन गरिएको थियो।