Sunday, April 19News That Matters

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा लोसपा र काँग्रेसको उमेदवारले चुनाव जित्छ:पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतो

मनोज यादव /सर्लाही | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र कांग्रेस नै सर्लाहीमा बलियो पार्टी भएकाले लाेसपा,कांग्रेस र गठबन्धनका सवै उम्मेदवार जित्दै लाेसपाका बरिस्ठ नेता राजेन्द्र महताेले दाबी गरेका छन् ।

सदरमुकाम मलंगवामा पत्रकारहरूसँग सर्लाह क्षेत्र नं.२ प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र महतोले आफुसहित गठबन्धनका सवै उम्मेदवारकाे जित सुनिश्चित् रहेको दाबी गरे ।उनले सर्लाहीमा अब जातीय नारा लगाए कसैले पनि चुनाव जित्न नसक्ने दाबी गरे ।

आफ्नो मुख्यतः दुईवटा एजेन्डा अधिकार पहिचान जाेगाउने र बिकास गर्ने रहेको उनले बताए ।

आफुसँगै चुनावी मैदानमा रहेका महेन्द्र जि ले अधिकार पहिचान एजेन्डा छाडेर माओवादी संग लागेको आराेप लगाउदै,यादव पटकपटक निर्वाचित हुदा पनि यस क्षेत्रको बिकास हुन नसकेकाले जनता बिश्वास नगर्ने तर्क गरे ।उनले आफू स्वास्थ मन्त्री हुदा गाेठ जस्तो रहेको मलंगवा स्थित जिल्ला अस्पताललाई ५० सैयाकाे बनाउनुकासाथै जिल्लामा १६ वटा अस्पतालका लागि बजेट विनियोजन गराएको दाबी गरे।
जनताले बास्तबिक रूपमा विकास गर्नसक्ने नेतालाई जिताउने उनको विश्वास छ ।

उनले आफ्नो दलले सुरुवातदेखि नै शोषित तथा पीडित जनताको अधिकारको लागि लडेको बताउदै, आगामी दिनमा पनि जनताको अधिकारको लागि लड्ने बताए ।