
निराज रानाभाट , काठमाडौं : क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च गरिएको थियो । उक्त एप र वेबसाईटमा अहिले करिब २३ हजार प्रयोगकर्ताहरुले रजिस्ट्रर गरेका छन भने २१ हजार भन्दा बढिले एप डाउनलोड गरेका छन् । गुगल प्लेस्टोरमा ४.५ मूल्याङ्कन रहेको अधिकाशहरुको कमेन्ट सकारात्मक साथै शुभ – कामना सन्देश समेत दिएका छन । केही प्रतिशत प्रयोगकर्ताहरुले ढिलो चलेको गुनासो राखेका छन् । ७८ लाख भन्दा बढी लाईक , ८ लाख भन्दा बढी कमेन्ट र ५ लाख पोष्टहरु अप्लोड गरेका छन् । एप र वेबसाईट अहिले परिक्षणकालको लागि लन्च गरिएको थियो , तर धेरै प्रयोगकर्ताहरुले जोडिएको कारणले अहिले ढिलो चलेको जस्तो महसुस भैरहेको क्यासनेपले बताएको छ। अझै गुणस्तरीय प्लार्टफर्म बनाउने तिर क्यासनेप गृहकार्य गर्दैछ ।
क्यासनेप अनलाईन अर्निङ प्लाटफर्म अन्तर्गत दैनिक कमाई साथै मनोरन्जन समेत हुने क्यासनेप हब एप नामको एप र वेबसाईट लन्च गरिएको छ । अन्य सामाजिक संजालहरुले उपलब्ध गराएका सबै सुबिधा सहित रकम संकलन , कृषकहरुले आफ्नो बस्तुहरु बिक्री गर्न सकिने घरमै बसी , उपभोक्ताहरुले सामान सिधै कृषकसँग किन्न मिल्ने सुबिधा , अध्ययन गर्दा गर्दै कुनै बिषयमा छलफल गर्नको लागि छलफल क्षेत्र , भिडियो , लाईक , कमेन्ट , सकरात्मक पोष्ट अपलोड गर्दा क्यासनेप हबले प्रयोकर्ताहरुको क्यासनेप हब भित्रको खातामा केही रकम जम्मा हुदैँ जान्छ उक्त जम्मा भएको रकमले कसैलाई आर्थिक सहयोग दान , सामान खरिद , विज्ञापन साथै साथिहरुको खातामा पनि रकम पठाउन सकिने छ।
अनुसन्धानकर्ता , लेखकहरुको लागि लेख / ब्लग रहेको छ , रगत संकलन र सहयोग , उत्पादित बस्तुको प्रचारप्रसार , लोकसेवा लगायत सबै खाले शैक्षिक तयारी कक्षा , भिजन सम्बन्धित छलफल , आफुमा भएका प्रतिभाको प्रस्फुटन I गर्न सक्छु , कोठा खोज्ने र दिने घरबेटीहरु को लागि कोठा खोजकर्ता , उद्यमी बन्न युवाको लागि स्टार्टअप , उच्च शिक्षा अध्ययनको विदेश अध्ययन , जब लिने र दिने काम , सूचना न्यूज पढ्न र हेर्न ब्रेकिङ न्युज , गेमहरु खेल्न मिल्ने, भिडियो फिल्महरु एवम् डकुमेन्ट्री हेर्न सकिने लगाएत थुप्रै खाले विशेषज्ञ समाबेश गरिएको यो क्यासनेप हब उत्कृष्ट एप बनेको छ । थुप्रै विदेशी एपहरुले मनोरन्जन साथै सेवा सुबिधा प्रयोग गरे माफत प्रयोगकर्ताहरु बाट दैनिक पुजी विदेशमा निर्यात भएको छ । उक्त सेवा सुबिधा अब नेपाली एप क्यासनेप हबले दिने छ । कुल आम्दानीको २५ प्रतिशत प्रयोगकर्ताहरुलाई चलाए बाफत प्रदान गर्ने उदेश्य बोकेको छ , भने केहि प्रतिशत बालबालिका तथा युवाहरुका प्रतिभा प्रोत्साहन , पहिचान , बजारीकरण साथै आर्थिक अनुदान जस्ता सामाजिक कार्यमा खर्च गर्ने हेतुले यो एप निर्माण गरिएको छ । यस एपबाट भएको आम्दानीलाई केहि प्रतिशत युवा उधमी बन्नको लागि अनुदान , अति विपन्न परिवारमा हुर्केका बालबालिका तथा युवाहरु लाई उच्च शिक्षा अध्ययनको लागि कोष स्थापना गरेको छ । “ मागेर सामजिक सेवा होईन , कर्म गरेर सामजिक सेवा गरौ ” भन्ने मूल नाराका साथ यस क्यासनेपले आफै आम्दानी गर्न सक्ने एप निर्माण गरेको हो ।
क्यासनेपको शिक्षा विभाग अन्तर्गत अहिले हरेक दिन बौद्धिक प्रश्नहरुको प्रतियोगिता हुने गर्दछ सहि उत्तर दिनेहरु मध्ये एक जनालाई गोलापत्र गरि रु.१०० दिदै आईरहेको , भने उत्कृष्ट लेख , पोष्ट , भिडियो जस्तै युवा उद्यमी बन्न उत्प्रेरित , कृषि सम्बन्धित पोष्ट , युवा लाई उत्प्रेरित गर्ने खालका पोष्ट गर्नेहरु मध्ये एक जनालाई रु. १०० हरेक हप्ता शनिबार दिदै आईरहेको छ ।
कुनै पनि अश्लिन तस्विर , बालबालिकाहरु लाई तर्साउने तस्विर , भिडियो , शब्दहिन , दुर्घटना रगत भएका तस्विर , छाडा शब्दहरु प्रयोग गर्न र अपलोड गर्न मनाही रहेको छ । कसैले नियम बाहिर गएर अपलोड साथै प्रयोग गर्छ भने क्यासनेप हबले केही बेरमै हटाईदिन्छ । कुनै पनि प्रयोगकर्ताहरुले आर्थिक सहयोग कोष स्थापना गर्न सक्ने छन् जस्तै टुहुरा बालबलिकाले आफ्नो उच्च शिक्षाको लागी रु. १ लाख संकलन गर्न खोज्ने छन् आफ्नो कापी किताव किन्न को लागि , बिरामी खर्च इत्यादी को लागि कोष सिर्जना गर्न सक्ने छन् ।
क्यासनेप हब एप विशेष गरि युवाका प्रतिभालाई परिचान , प्रोत्साहन , प्रबर्द्धन साथै बजारीकरण गरि राज्यको अर्थतन्त्रमा टेवा पुग्ने उदेश्यले र दुर – दराजका कृषकहरुले आफ्नो उत्पादन सिधै उपभोक्ताहरुसंग बेच्न र पुर्याउन सकोस , आर्थिक अवस्था नाजुकको कारणले कुनै पनि बालबालिका तथा युवाहरुका प्रतिभा खेर नजाओस भन्ने मुख्य उदेश्यले यो एप निर्माण गरिएको हो ।
अब कसैसंग प्रतिशतपर्धामा होईन , सहकार्यमा राष्ट्र निर्माण स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान साथै बजारीकरण गर्न जरुरी रहेको र लाखौ नेपाली युवाहरुको जनशक्ति विदेशी माटोमा पसिना बगाउनु दिनु हुन् स्वदेशमै केहि गर्नुपर्छ यसमा राज्य लगाएतका संघ संस्थादेखि युवाहरु सोंच विचार परीवर्तन गरेर सकरात्मक विचारमा स्वदेशमै केही गर्न सकिन्छ क्यासनेपका प्रमुख कार्यकारी अधिकृत एवम् फाउण्डर , युवा उद्यमी , बैज्ञानिक वसन्त कुमार शाहीले बताए ।
दैनिक मनोरंजनमा नेपालीले लाखौं रकम र समय खर्च गरिरहेको बेला क्यासनेपले भने प्रयोगकर्ताहरुले समय खर्च गरे बाफत उल्टै कमाउन सक्ने र साना तिना समस्या समाधान गर्न सक्ने क्यासनेप प्रबन्धक निर्देशक राजन अधिकारीले बताए । सामाजिक संजालमा मात्र दैनिक करोडौ खर्च गर्ने र सबै आम्दानी विदेश जाने भएकोले नेपालको अर्थतन्त्र मजबुत बनाउन केही राहत होस् भनेर यो एप निर्माण गरेको साथै समाजिक बिकृती कम गर्ने र प्राप्त आम्दानी समाजसेवाकै लागि खर्च गरिने क्यासनेप फाउण्डर बैज्ञानिक वसन्त कुमार शाहीले बतनए । अहिले एन्ड्रोइड फोन को लागी एप र वेबसाईट सेवा सुबिधा दिएको छ ।