धिराेज कुमार यादव / मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मिथिला डेन्टल क्लिनिक मलंगवाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि मलंगवा शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन ।
एक जना महिला, ३ जना नेपाल प्रहरीका जवान र अन्य गरि ११ जनाले रक्तदान कार्यक्रममा रगतदान गरेका मिथिला डेन्टलका चिकित्सक अमृता यादवले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितीका सभापति कौशल सिंहको उपस्थितीमा भएको कार्यक्रममा उपसभापति जितेन्द्र कुशवाह, नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरि र मलंगवा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मुकेश जैशवालको सहभागीता रहेको थियो ।