Saturday, April 18News That Matters

कौडेना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

मनोज यादव,कौडेना । सर्लाहीको कौडेना गाउँपालिकामा विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा तथा सेभ द चिल्ड्रेन द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

विपद व्यवस्थापन र सामाजिक सुरक्षालाई सँगसँगै कसरी अगाडी बढाउँदै लान सकिन्छ भन्ने विषयमा जानकारी गराउने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको आयोजकले जानकारी दिए।

बुधबार आयोजना भएको उक्त गोष्ठीमा सहभागी भएका कौडेना गापा कार्यालय अन्तर्गत विभिन्न शाखा तथा क्षेत्रका पदाधिकारीहरु सँग विपदको प्रभाव र जोखिमलाई नक्सांकनको हिसाबले निर्माण गर्नुपर्ने योजनाहरुको विषयमा छलफल गरिएको थियो।

गोष्ठी मार्फत गापा अध्यक्ष रुपेशले कौडेना गापा अन्तर्गतका अधिकांश वडाहरु लखनदेही खोलाको छेउमा रहेको र उक्त खोलामा आउने बाढीका कारण हरेक वर्ष ठुलो जनधनको क्षतिको साथै खेतीयोग्य जमिन कटान हुने गरेकोले सो क्षेत्रमा वृक्षारोपण गरेर विपद व्यवस्थापनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले पनि वडास्तरीय विपद व्यवस्थापन गठन र पालिक स्तरीय विपद व्यवस्थापन योजनाहरुको निर्माण गरि सहकार्य गर्दै जाने बताए।

केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले विपद व्यवस्थापन तथा शिक्षा,स्वास्थ्य र जिविकोपर्जनको क्षेत्रमा लगानीको हिसाबले प्रतिफल देखिने गरि सहकार्य गर्दै कार्यक्रमहरु अगाडी बढाउने जानकारी दिए।

सेभ द चिल्ड्रेनका विष्णु खरेलले सम्वेदनशिल सामाजिक सुरक्षा विधिहरुको विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए।