Saturday, April 18News That Matters

दरबार डाँडा मा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ दरबार डाँडामा रहेकाे जनएकता आधारभूत बिद्यालयमा बिद्यार्थीकाे लागि शैक्षिक सामाग्री बितरण गरिएकाे छ।

सयुक्त युवा समाजकाे माध्यमबाट ग्रामीण असहाय केन्द्र मकवानपुर द्वारा ७२ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे । बकैया गाउँपालिकाकाे नै बिकट ठाउँमा रहेकाे याे दरबार डाडाँ हरेक क्षेत्रबाट पिछडिएको छ ।त्यस ठाउँमा पुग्नलाई करिब २ घण्टाकाे उकालो पैदलयात्रा गरेर जानुपर्छ। कपि कलम ५९सेट,झाेला ५९ सेट र ई सिडि र एक कक्षाकाे बिद्यार्थी काे लागि चप्पल ५९ गरेर जम्मा ७० जना बिद्यार्थी लाई बिद्यालय पाेसाक र शैक्षिक सामाग्री बितरण गरिएको सयुक्त युवा समाजकाे संथापक संयाेजक राजकुमार स्याङ्तानले बताए ।