राैतहट। रौतहटमा दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका ५ का रोशनकुमार गुप्ता रहेका छन् ।
गुप्ताले भारत विहार शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए । उनले विवाहमा ३० लाख भारु लिएका थिए । विवाहपछि कार मागेका हुन् । तर दिन नसकेपछि गुप्ताका परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएको आरोप छ ।
श्रीमती प्रियादर्शनीले प्रहरीमा जोहरी दिएपछि गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा चलेको थियो । त्यसपछि गुप्ता फरार भए । फरार रहेका गुप्तालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको बताए ।