एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

मकवानपुर । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको उम्मेद्वार आज टुंगीएको छ ।

मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना र क्षेत्र नंबर २ मा महेश बर्तौलाले टिकट पाएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाउँदा क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन् । मकवानपुरमा एमालेको उम्मेदवार टुङ्गिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।