एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले बिगतका अरु भन्दा यो चुनाव महत्त्वपूर्ण र अर्थपुर्ण रहेको बताउनुभएको छ ।
नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएका थापाले राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनाव भएकोले धेरै ठूलो दुरगामी महत्त्व मङ्सिर ४ को चुनाव भएको भनाई राख्नुभयो ।

उहले काङ्ग्रेस नेतृत्वको गठबन्धन किन र कसले बनायो, अभिप्राय के थियो भन्ने चिन्तन मनन गर्नुपर्छ, अनि सोचेर सुर्य चिन्हमा मतदान गर्नु पर्छ,
पुर्ब र पश्चिम सोचाइ भएकाहरुको कसरी मिलन भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

साम्यवादी र पुजीवादीको गठबन्धन शस्कास्पद मात्र हैन भन्दै अपबित्र गठबन्धनलाई जनताले पराजित गर्नुपर्ने बताउनुभयो ।
बिगतमा केपी ओलिको नेतृत्वमा सरकार बनोस भनेर जनताले मत दिएको स्मरण गर्दै थापाले त्यो सरकार गिराउन देशी बिदेशी शक्ति लागेको भनाई राख्नुभयो ।

भारतीय नाकाबन्दी र लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा बनाउने, नाकाबन्दीको सामना गर्ने र सदैव रास्ट्रीयताको पक्षमा लागेकोले एमालेको शक्ति क्षीण गराउन गठबन्धन बाहिरी शक्तिको कठपुतली बनेको आरोप लगाउदै यसबाट केहिपनि आशा गर्न नसकिने बताउनुभयो ।
कठपुतली सरकार कुनै योजना नभएको, देशलाई कसरी ब्रम्हलुट गर्ने तिर मात्र यसको ध्यान गएको उहाँको भनाई थियो । यसता प्रतिक्रियावादीको विपक्षमा लागेर एमाले राष्ट्रको पहरेदार भएको पनि थापाको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर–१ का एमाले उम्मेदवार कमल थापा, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्य अर्जुन अर्याल, रामचन्द्र अर्याल, निर्वाचन परिचालन समिति वडा नम्बर–९ का संयोजक नरेन्द्र भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।