चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब बृद्वि गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयश्रोतबाट तलबभक्ता पाउने करारका कर्मचारीहरुको तलबमा साउन १ गतेदेखि लागु हुने गरी १५ प्रतिशत बृद्वि गर्ने निर्णय गरेको छ ।
स्थानिय सरकारले तलब बृद्वि गर्ने निर्णय गरेपछि करारमा कार्यरत कर्मचारीले राहतको सास फेर्न पाएको छ । स्थानिय सरकार निर्माण भएको ५ बर्षसम्म समेत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब बृद्वि नभएपछि कर्मचारीहरु निराश बनेका थिए । तलब बृद्वि भएपछि करारका कर्मचारीले खुशि हुनुको साथै काम गर्ने उत्साह थपिएको करारमा कार्यरत कर्मचारी अविनाश महतो बताउँछन ।
करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने अहोरात्र खटिदै आएपनि तलब बृद्वि हुन सकेका थिएन ।
सरकारले वजेट भाषण मार्फत बर्षेनि स्थायी कर्मचारीहरुको तलब बृद्वि गर्दै आएका थिए । उनले भने ।
तर महगीं अकाशिएपनि करारमा कार्यरत कर्मचारीहरुको तलब विगत ५ बर्षदेखि बृद्वि नहुदाँ करारका कर्मचारी निराश बन्दै आएका थिए भने कतिपय जागिर छोडेर वैदेशिक रोजगारमा पलायन हुने स्थितिमा पुगेका थिए ।

विश्वव्यापी महामारीका कारण स्थानिय स्तरमा महगीं अत्याधिक बृद्वि भएका कारण करारमा कार्यरत कर्मचारीहरुलाई घरखर्च चलाउन धौधौ पर्दै आएको करारमा कार्यरत अर्का कर्मचारी दिनेश साह बताउँछन ।
हामीहरुको तलब बद्वि नहुदाँ हामीमाथि विभेद हुदै आएको महसुस गर्दै आएको थिए । उनले भने । तलबमा बद्वि भएपछि काम गर्ने मनोबल बढनुको साथै जिवकोपार्जनमा सहज उहाँको कथन थियो ।


स्थायी तथा अस्थायी दुवै प्रकारका कर्मचारीलाई गाउँपालिकाले समान व्यवहार गर्न, तलबभक्ता तथा सुविधामा भएको विभेद हटाई समान व्यवहार देखाउन करारका कर्मचारीलाई तलब बृद्वि गर्ने निर्णय गरेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो बताउँछन।

विश्वव्यापी आर्थिक संकटका कारण स्थानिय स्तरमा महगींमा समेत चरम बृद्वि भएको छ । यसले स्थायी तथा करार सबै प्रकारका कर्मचारीलाई समान रुपले प्रभाव पारेको छ । त्यसैले हाम्रो गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मंहगीको समस्यालाई ध्यानमा राखी नियम कानुनको अधिनमा रहि तथा श्रोत साधनको उपलब्धताको आधारमा उक्त निर्णय लिएको बताए ।

सर्लाहीका अन्य पालिकाले सडक, भवन तथा नाला निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपनि चन्द्रनगर गाउँपालिकाले शिक्षा तथा स्वास्थ, समाजिक विकास, मानवअधिकार तथा मानव विकासका मुलभुत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका उहाँले थपे ।
गाउँपालिकाका स्थानिय स्तरमा कुसंस्कार, कुरिती, अशिक्षा, गरिबी तथा बेरोजगारी लगायत कुराहरु विकासका लागि मुख्य बाधक र चुनौतीका रुपमा रहेका छन । उहाँले आफनो ५ बर्षे कार्यकालमा शिक्षा, स्वास्थ तथा सर्वसाधारणको रोजगारीे सुनिश्चित गरी आम नागरिकहरुको जिवन स्तर उकास्ने र नागरिकलाई परिवर्तनको महसुस हुने गरी विकास गरेर देखाउने दाबी गरे ।

चन्द्रनगर गाउँपालिकाका नियमानुसार उपयुक्त देखिएका कर्मचारी तथा जनप्रतिनिधीको २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकिएको तथा तिहार विदा अगाडी सबैको बैंक खातामा डिपोजिट भई सक्ने लेखापाल सुनिल कुमार साहले जानकारी दिए ।

देशमा बढदो महगीं र नेपाल सरकारले स्थायी कर्मचारीको तलबमा गरेको १५ प्रतिशत बृद्विलाई मध्यनजगर गर्दै चन्द्रनगर गाउँकार्यपालिकाको २०७९ साउन २९ गते बसेको बैठकले आफनो गाउँपालिकामा कार्यरत करारका कर्मचारीको तलब बढाउने निर्णय गरेका थिए ।

यस निर्णयसंगै गाउँपालिका मातहतका गाउँपालिकाको कार्यलय, वडा कार्यलय, स्वास्थ, शिक्षा, कृषि, पशु लगायतका सम्पूर्ण कार्यलय, शाखा उपशाखामा कार्यरत करार कर्मचारीहरुको तलब १५ प्रतिशतले बृद्वि हुने भएको छ ।