निर्वाचन सम्पन्न नहुँदासम्म सर्लाही जिल्लामा मदिरा विक्रि,वितरण र सेवनमा राेक

सर्लाही ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले २७ गतेदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले एक सूचना जारी गर्दै २७ गते आईतवारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाउनु भएको हाे ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष,सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय/सर्वपक्षिय,समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार २७ गते आईतबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न ननहुँदासम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कोहि कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।