नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

मनोज यादव / सर्लाही | नेपाली काँग्रेस जिल्ला कार्यसमिति समिति सर्लाहीका पुर्व सभापति एवं पुर्व मन्त्री तथा सर्लाही क्षेत्र न-४ का प्रतिनिधि सभा सदस्य उमेदवार नागेन्द्र कुमार रायले सर्लाही निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक पक्षधरका साझा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतो लगायत उहाँसँगै सर्लाही क्षेत्र नं २(क) र (ख) मा नेपाली काँग्रेस र लोसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार द्वय जंगीलाल राय र मेथुर चौधरीलाई समर्थन गर्नुभएको छ।

उहाँले नेपाली काँग्रेस पार्टी लगायत क्षेत्र नं २ का नेपाली काँग्रेसका नेताकार्यकर्ता लगायत आम जनसमुदायलाई सो निर्वाचन क्षेत्रबाट उमेदवार बनेका महतो, राय र चौधरीलाई इमानदारिताका साथ निष्ठापूर्वक पुर्ण रुपले मतदान गरि विजयी बनाउन समेत अपिल गर्नुभएको छ।