राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित

निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाको हेटौंडा उप – महानगरपालिका वडा नम्बर – १३ का फेन्चु लामा जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन ।

लामो समयदेखि कृषि कर्ममा लागेका लामा एक सफल कृषि उद्यमी पनि हुन् । हेटौंडा उम – महानगरपालिका – १३ मा ड्रागन फ्रुट खेती गर्दै आएका लामाले एम.एन.एस. एग्रो प्रा.लि. मार्फत कृषि कर्म गरिरहेका छन । लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका अन्य २ जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाका किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो । मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रा.लि. का सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही नगद २४ हजार सहित कदर – पत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान , भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा मकवानपुरका निमित्त कार्यालय प्रमुख ब्रज किशोर ठाकुर , पशु विकास अधिकृत डाक्टर आभास कोइरालाले उत्कृष्ट कृषकलाई पुरस्कार तथा कदर – पत्र हस्तान्तरण गरेका हुन् ।