Saturday, April 18News That Matters

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ। भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।