Saturday, April 18News That Matters

Author: admin

चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

Breaking news 1, ट्रेन्डिङ, समाचार
६ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ । ‘भोलि वा पर्सि नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँच/पाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् । १ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने...
जापानका प्रधानमन्त्री किसिदालाई काेराेना पुष्टि

जापानका प्रधानमन्त्री किसिदालाई काेराेना पुष्टि

अन्तर्राष्ट्रिय
एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।  खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानको कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई प्रभावित बनाएको छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।   ...
आजकाे राशिफल

आजकाे राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अपराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोहडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डोछिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ ...
मनहरीमा पाेषणका कार्यक्रम हुने

मनहरीमा पाेषणका कार्यक्रम हुने

Breaking news 2, स्थानीय
हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकामा सोचाइ सस्थाले पोषण सम्बन्धि कार्यक्रमहरु गर्ने भएका छन । पोषणका लागि युवा भन्न्ने मुल नाराका साथ मनहरी गाउँपालिका स्वास्थ्य र सामाजिक शाखा संग सोचाई को आपसी समन्वय भएको हो । मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न एक बैठकमा सामाजिक शाखा संयोजक एवम ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्नुहुदै स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जनस्वास्थ्यको कार्यक्रमहरुमा आपसी समन्वय र सहकार्य गर्न स्वाथ्य शाखा सदैब तयार रहेको बताउनुभयो । बैठकमा बोल्नुहुदै सामाजिक शाखाका संयोजक अनन्त प्रकाश अर्यालले जनप्रतिनिधिहरु सङको सहकार्यमा कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । संयोजक अर्यालले जनहितका कार्यक्रमहरुको स्वागतका निम्ति आफू आतुर भएको खुसी ब्यक्त गर्नुभयो । उहाले...
राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

Breaking news 3, समाचार
५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
भदौ १५ भित्रै कक्षा १२ को नतिजा

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

Breaking news 2, शिक्षा, समाचार
प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याए फेल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।  अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू ह...
थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

Breaking news 1, समाचार
 पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।...
बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

Breaking news 3, ट्रेन्डिङ, समाचार
४ भदौ, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।...
चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

Breaking news 2, अन्तर्राष्ट्रिय
३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि दुई देशबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिइरहेको छ । भारत र चीन एकै ठाउँमा आउनका लागि धेरै तरिकाहरू रहेको बताउँदै उनले चीनले आफ्नो सोच बदल्नुपर्ने बताए । ‘भारत र चीनको पारस्परिक हित मात्रै एकजुट हुन पर्याप्त छ,’ जयशंकरले भने, ‘हामी आशा गर्छौं कि चीनले यो कुरा बुझ्नेछ र यसतर्फ विवेकपूर्ण कदम चाल्नेछ ।’ उनले भारतले श्रीलंकालाई आफ्नो क्षमताले सक्दो सहयोग गरेको जिकिर पनि गरे । उनले पनि इन्डो-प्यासिफिक क्षेत्...
हेर्नुहोस् २०७९ भाद्र ४ गते, शनिवारको राशिफल 

हेर्नुहोस् २०७९ भाद्र ४ गते, शनिवारको राशिफल 

Breaking news 1, दैनिक राशिफल
२०७९ भाद्र ४ गते, शनिवार, २० अगस्ट २०२२। भाद्र कृष्णपक्ष नवमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्व...